पुरुषले बदल्नै पर्ने ६ बानी, जसले बर्बाद बनाउन सक्छ निजी जिन्दगानी

काठमाडौं । मोटोपन, तनाव र बाहिरी प्रदुषणका कारण एक स्वस्थ देखिने पुरुषमा पनि उसको सन्तान उत्पादन गर्न सक्ने क्षमतामा कमी आइरहेको हुन्छ । डाक्टरहरुका अनुसार कतिपय यस्ता बानी हुन्छन्, जसलाई सुधार गर्न नसक्दा पुरुषको शुक्राणुमा क्रमशः कमी हुन जान्छ । जसले एक पुरुषको जीन्दगी नै बर्बाद पारिदिन सक्छ । आउनुहोस, निम्न खराब बानी छ भने आजै सुधार थालिहाल्नुस :

अधिक तौल

टेस्टोस्टेरोन पुरुषको शुक्रकिट उत्पादनमा मद्दत गर्ने हर्मोन हो । अधिक मोटोपनले टेस्टोस्टेरोन उत्पादनमा असर गर्छ । जसले गर्दा शुक्राणु उत्पादन मै असर गर्छ ।

तनाव

तनावका कारण कोर्टिसोल नामक हर्मोन बढी उत्पादन हुन्छ । यो हर्मोनले शुक्रकिटको संख्या कम गराउन भूमिका खेल्ने गर्छ ।

धुम्रपान तथा नशालु पदार्थ

चुरोट, मद्यपान, अल्कोहल र सबै प्रकारको नशालु पर्दाथले शुक्रकिट घटाउन भूमिका खेल्छ ।

खानपान

खासगरी जंक फूड खाने बानी छ भने त्यसले पनि पुरुषको सन्तान उत्पादनमा असर गर्छ । अझ बढी फ्याट हुने खानेकुराको बानी त स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

केमिकल

खासगरी उद्योग तथा बढी केमिकल प्रयोग हुने ठाउँमा काम गर्ने पुरुषको शुक्रकिट क्रमशः घट्दै जान्छ । अर्कोतर्फ प्लाष्टिकका बोतल लगायत केमिकल प्रयोग हुने घरायसी सामग्रीको अधिक प्रयोगबाट पनि पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आउने गर्छ ।

अल्छीपन

लामो समय एकै स्थानमा बस्ने, हिडडुल नगर्ने, शारीरिक ब्यायाम तथा खेलकुदजन्य गतिविधिमा भाग नलिने अल्छि पुरुषमा पनि शुक्रकिट कम हुँदै जाने गर्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here