सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढ्यो । मंगलबार चाँदीको कारोबार मूल्य १३ सय ६० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here