हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here