च्याम्पियन्स लिग : बार्सिलोना आज पिएसजीसंग भिड्दै, यस्तो छ इतिहास

काठमाडौं । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एक–अर्काको सामना गर्दैछन् ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अन्तिम आठका लागि बलियो अवस्थामा रहने दाउमा हुनेछन् । त्यसबाहेक आज ऊ पिएसजी बार्सिलोनाविरुद्ध बदलाको भावमा हुनेछ । बार्सिलोनाले पिएसजीलाई तीन पटक च्याम्पियन्स लिगबाट आउट गरिदिएको छ ।

सन् २०१२–१३, २०१४–१५ र २०१६–१७ को सिजनमा बार्सिलोनाले पिएसजी विरुद्ध जित निकालेको थियो ।

बार्सिलोनाले २०१७ मा कमब्याक जित निकाल्दै पिएसजीलाई च्याम्पियन्स लिगबाट आउट गरिदिएको थियो । अन्तिम १६ को पहिलो लेगको खेलमा पिएसजीले ४–० गोलको जित निकालेको थियो । तर, दोस्रो लेगमा बार्सिलोनाले ६–१ गोलान्तरको जित र समग्रमा ६–४ को जित निकाल्दै पिएसजीलाई आउट गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here