काठमाडौं महानगरले स्थानीय बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने

काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निःशुल्क परीक्षण गर्न लागेको हो ।

‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौु’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागद्धारा जारी सूचनामा जनाइएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here