च्याम्पियन्स लिग : यस्तो छ पिएसजी विरुद्ध खेल्ने बार्सिलोनाको टोली, पिके टिममा फर्किए

काठमाडौं । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एक–अर्काको सामना गर्दैछन् ।

नेपाली समयानुसार आज राति १ः४५ बजे हुने उक्त च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुँदैछ ।

आजको खेलबाट केही समयदेखि चोटका कारण मैदान बाहिर रहेका बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके मैदानमा फर्किएका छन् । पिके मैदानमा फर्किएसंगै बार्सिलोनाको डिफेन्स लाइनमा देखिएको समस्या समाधान हुने अनुमान गरिएको छ ।

यसअघि सन् २०१२–१३, २०१४–१५ र २०१६–१७ को सिजनमा बार्सिलोनाले पिएसजी विरुद्ध जित निकालेको थियो ।

यस्तो छ पिएसजी विरुद्ध खेल्ने बार्सिलोनाको टोली :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here