खाना खाईसकेपछि गर्न नहुने ५ गल्ती

काठमाडौं । हामी स्वस्थकर र स्वादिस्ट खाना खाएमा स्वास्थ्य हुने सोच्ने गछौँ । तर खाना खाई सकेपछि पनि थुप्रै कुराहरुमा ध्यान दिनु पर्छ । खाना खाईसकेपछि हामीले कतिपय कामहरु राम्रो भनेर गर्छौ भने कतिपय गलत बानीले गर्ने गछौँ ।

त्यसैले खानापछि तत्काल गर्न नहुने पाँच गल्तीबारे खाना तथा पोषणविद्हरु यस्तो भन्छन्ः

– धेरैको खानापछि धूम्रपान गर्ने बानी हुन्छ । यसो गर्नु स्वास्थ्यका लागि खतरनाक मानिन्छ । खानालगत्तै धूम्रपान गर्दा क्यान्सर र हर्ट डिजिजको सम्भावना दुई गुणा बढ्छ ।

– खाना खाएपछि लगत्तै चिया पनि पिउनु हुँदैन । खाना खाएलगत्तै चिया पिउँदा त्यसमा भएको एसिडिकले शरीरमा एसिडिटीको समस्या बढाउँछ । खाना खाएको एक घन्टापछि भने चिया वा कफी पिउन सकिन्छ ।

– धेरैले खानापछि दाँत ब्रस गर्नुपर्छ भन्ने सल्लाह दिन्छन् । तर, स्वास्थ्यका लागि यस्तो सल्लाह व्यावहारिक मानिदैन । खानालगत्तै ब्रस गर्दा दाँतको पत्र उक्किने समस्या हुन्छ र दाँतमा ब्याक्टेरियाको खतरा पनि बढ्दै जान्छ । खाना खाएको कम्तीमा आधा घन्टापछि मात्र ब्रस गर्नुपर्छ ।

– खाना खाएलगत्तै नुहाउनु पनि हुँदैन । खाना खाएको आधा घन्टाभित्र नुहाउनाले पाचन प्रक्रियालाई ढिलो गराउँछ । खाना अपच हुन थालेपछि एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ ।

– खाना खाएपछि फलफूल खाने संस्कार पनि छ । तर, शरीरका लागि भने यस्तो गतिविधिले हानि पुर्याउँछ । खाना खाएको एक घन्टाभित्र फलफूल खानाले एसिडिटी र अपच हुन सक्छ । ओभर डाइटिङ भएर मोटोपनको समस्या पनि सिर्जना हुन थाल्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here