प्रचण्ड नेपाल समूहको चौथो चरणको आन्दोलन बुधबारदेखि, कुन दिन के हुँदै ?

काठमाडौं, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन बुधबारबाट सुरु हुँदैछ । आजबाट प्रदेशको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन,सभा सुरु हुन लागेको हो ।

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम गर्न लागेको हो । विहिबार राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने ,फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ ।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल-नेपाल समूह आन्दोलनमा छ।

यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो। काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here