सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं, ५ फागुन । नेपाली बजारमा सुन चाँदीको भाउ ओरोलो लागेको छ । अघिल्लो दिनको तुलनामा सुन ११ सय र चाँदी तोलाको ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ८९ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८९ हजार ३५० सय कायम गरिएको छ । मंगलबार सुनको मूल्य तोलामा ९० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १३६० मा कारोबार भएकोमा आज घटेर तोलामा १३४० पुगेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here