भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक

काठमाडौं ५ फागुन । दोगडाकेदार गाउँपालिका–७ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टलाई भागरथी हत्या प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here