आइपीएल अक्सन: क्रिकेटप्रेमीको ध्यान चेन्नईतर्फ, सन्दीपको सम्भावना कति ?

काठमाडौं, ६ फागुन । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि मिनी अक्सन बिहीबार चेन्नाईमा हुँदैछ ।

भारतको चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे शुरु हुनेछ । यसपटकको आइपीएल अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै परेका छन् । अहिले नेपाली क्रिकेटप्रेमीको ध्यान चेन्नईतर्फ तानिएको छ ।

२९२ खेलाडी रहेका अक्सनमा १२५ विदेशी खेलाडी छन् । जसमा २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् । खेलप्रेमी नेपालीहरूको चासो भने सन्दीपलाई कुनै टिमले अनुबन्ध गर्छ वा गर्दैन भन्नेमा रहेको छ ।

यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गत सिजनमा कुनै पनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै उनलाई अन्य टीमले लिन्छ वा लिँदैन भन्ने विषयले चर्चा भइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपीएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ ।

५ जनाको कोटामा हैदरावादसँग पहिल्यै २ विदेशी खेलाडी रहेकाले अब उसले आजको अक्सनमार्फत ३ विदेशी खेलाडी खरिद गर्नसक्नेछ । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।

८ खेलाडीले नाम दर्ता गराए पनि अन्तिम सूचीमा सन्दीपमात्रै परेका हुन् । यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गएको सिजनमा कुनैपनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै नयाँ टिममा अनुबन्धको अवसर सन्दीपले पाएका छन् ।

तर स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा झिनो सम्भावना देखिन्छ । विश्वस्तरीय स्पिनरको प्रतिस्पर्धा बढी हुँदा सन्दीप नबिक्ने सम्भावना यस सिजनमा उच्च देखिन्छ ।

फ्रेन्चाइज टोलीको अक्सनमा खर्च गर्न पाउने कुल रकम १९६ करोड ६० लाख भारु छ । अक्सन कुनै पनि टोली सन्तुलन, बलियो र उत्कृष्ट बनाउने अन्तिम र सबैभन्दा राम्रो मौका र अवसर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here