आक्रामक ब्याट्सम्यान म्याक्सवेललाई महँगो मूल्यमा बैंगलोरले किन्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सन शुरु भएको छ ।

अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंगलोरले किनेको छ । २ करोड भारु न्युनतम मुल्य रहेका म्याक्सवेललाई बैंगलोरले १४ करोड २५ लाख किनेको हो

म्याक्सवेलको यो आईपीएलमा हाल सम्मको महँगो मूल्य हो । अघिल्लो सिजन पन्जाबले अक्सनमा म्याक्सवेलाई १० करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । म्याक्सवेल टी-ट्वान्टी स्पेलिस्ट खेलाडी हुन् ।

यस अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडीको डेढ करोड भारतीय रुपैया रहेको छ । त्यस्तै ११ खेलाडीको एक करोड, १५ खेलाडीको ७५ लाख र ६५ खेलाडीको ५० लाख न्युनतम मुल्य तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here