तनाव कम गर्नको लागि रोज्नुस् यी खानेकुरा

काठमाडौं । हाम्रो जीवनमा अहिले तनाव भन्ने शब्द निकै नै सामान्य भइसकेको छ ।

तनाव शब्द कसैको लागि नयाँ वा नसुनेको होइन । तनाव भनेको तपाईँ हाम्रो दिनचर्यामा कतिऔँ पटक बोल्ने र अनुभव गर्ने गरेका छौँ ।

तनाव किन हुन्छ, तनावले हाम्रो स्वास्थ्यलाई कस्तो असर पार्छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो ।

आजको डिजिटल यूगले हाम्रो समाजलाई परिवर्तनशील बनाएको छ, पुरुषमात्र होइन महिलाहरुले समेत जिम्मेवारी भैरहेका छन् ।

परिवर्तित जिम्मेवारी तथा भूमिकाले मानिसहरुलाई खुसी, स्वतन्त्र, आत्मनिर्भर तथा सफल पनि बनाएको छ, यद्यपि यी सकारात्मक तत्वसँगै हाम्रो जीवनमा तनाव पनि सँग(सँगै भित्रिएको छ ।

हाम्रा हजारौँ इच्छा पुरा कसरी गर्ने त्यसको तनाव, अफिसमा आफूलाई राम्रो कसरी प्रमाणित गर्ने त्यसको तनाव, घरमा बच्चाहरुलाई कसरी ध्यान दिने र राम्रो वातावरणमा हुर्काउने त्यसको तनाव, साथीहरु र इष्टमित्र सँग कसरी सम्बन्धलाई राम्रो बनाइ राख्ने त्यसको तनाव ।

त्यति मात्र नभई हरेक साना–साना कुरामा तनाव लिने हाम्रो बानी हुन्छ ।

केरा

केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।

स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।

अमला

तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।

जौ

जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।

कुरिलो

तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

दूध

दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।

चिसो पानी

तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here