२४ वर्षीय रिचर्डसनलाई महँगो मूल्यमा पन्जाबले किन्यो

काठमाडौं । अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किंग्सले महँगो मूल्यमा किनेको छ । चेन्नईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन रिचर्डसनलाई पन्जाबले १४ करोडका साथ खरिद गरेको हो ।

उनले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेका थिए । रिचर्डसनलाई खरिद गर्न पन्जाब, दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आइपिएल खेलेका छैनन् ।

यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए । रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् ।

रिचर्डसनले कुनैपनि समय नयाँ र पुरानो बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्छन् । त्यसैले उनीमाथि चर्को मूल्य लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here