आईपीएल अक्सनमा बिकेनन् सन्दीप

काठमाडौं, ६ फागुन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै पनि टोलीको रोजाइमा परेनन् ।

चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । आईपीएलको १४औं संस्करणमा सन्दीपले ४० लाख भारु न्युनतम मूल्य राखेका थिए ।

तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here