दिनेशले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकारे, सूचनाका आधारमा भेटियो घडी

काठमाडौं, ६ फागुन । दिनेश भट्टले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बैतडीको प्रहरी हिरासतमा रहेका दिनेशले अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।

दिनेशका बुवा दीपकराज भट्ट, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सरकारी वकिल राखेर गरिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकारेका स्रोतले जनाएको छ ।

बिहीबार गरिएको बयानमा दिनेशले भागरथीको घडी घटनास्थलमै रहेको बताएपछि प्रहरी खोज्दा घटनास्थल नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here