बजेट भाषणसँगै बढ्याे पेट्राेलियम पदार्थकाे मुल्य

काठमाडाैं, १६ जेठ । बुधबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मुल्य बढाएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत पेट्राेलियम पदार्थमा प्रतिलिटर १ रूपैयाँकाे दरले कर बढाएकाे घाेषणा गरेपछि निगमले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे हाे ।

निगमले पेट्राेल, डिजेल र मट्टितेल गरी तीन थरी इन्धनकाे मुल्य प्रतिलिटर १ रूपैयाँ ५० पैसा बढाएकाे छ ।

मुल्य बढेसँगै अब काठमाडौंको(थानकाेट डिपाेकाे १५ कि.मि. परिसर सम्म) पेट्राेलकाे नयाँ खुद्रा विक्रीमूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएकाे छ ।

त्यस्तै डिजेल र मट्टितेलकाे मुल्य ९८ रूपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएकाे निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here