सुनको भाउ घट्ने क्रम जारी, एक सातामै २७०० सस्तियो

काठमाण्डौ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेसंगै साताभर एक दिन अन्य सबै दिन सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार २०० रुपैयाँ र तेजाबी सुनको ८७ हजार ७५० रुपैयाँ कायम भएका छ ।

त्यस्तै, चाँदीको मूल्यपनि प्रतितोला ३० रुपैयाँ घट्दै १३०५ रुपैयाँ कायम भएको छ ।

यो साताभरि सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले ओरालो लागेको छ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ र तेजाबी सुन ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here