आइपिएल २०२१ : ५७ खेलाडीका लागि एक अर्ब ४५ करोड खर्च, मोरिस एक्लैलाई १६.२५ करोड

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२१ (आइपिएल) को लागि फ्रेन्चाइजहरूले बिहीबार एकै दिन ५७ खेलाडी खरिद गरेका छन् ।

खरिद गरेका ५७ जसमध्ये २२ जना विदेशी क्रिकेटर हुन् ।

५७ खेलाडी किन्नको लागि फेन्चाइजहरूले एक अर्ब ४५ करोड ३० लाख भारु खर्च गरेको भारतिय सञ्चार माध्यमले बताएका छन् ।

चेन्नई सुपर किङ्ग्स

चेन्नई सुपर किङ्ग्सले यो सिजन छ जना खेलाडी किनेको छ । उसले कृष्णप्पा गौथमका लागि नौ करोड २५ लाख खर्च गर्यो भने इङ्ग्ल्याण्डका अलराउन्डर मोइन अलीका लागि सात करोड खर्चिएको थियो ।

दिल्ली क्यापिटल्स

अघिल्लो सिजनको उपविजेता दिल्ली क्यापिटल्सले यस सिजन आठ खेलाडी खरिद गरेको छ । सबैभन्दा बढी उसले टम कर्रनमा पाँच करोड २५ लाख खर्चिएको छ । स्टिभ स्मिथका लागि उसले दुई करोड २० लाख खर्च गरेको थियो ।

त्यस्तै, कलकत्ताले आठ, मुम्बईले सात, पञ्जाबले नौ, राजस्थानले आठ, बैंग्लौरले आठ र हैदराबादले तीन खेलाडी किनेको छ ।

क्रिष्टोफर मोरिस हालसम्मकै महँगो

२०२१ आइपिएल का लागि दक्षिण अफ्रिकी अलराउन्डर क्रिष्टोफर मोरिस हालसम्मकै सबैभन्दा महँगो दरमा बिक्री भएका छन् । उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा किनेको हो ।

यो भन्दा पहिले भारतिय क्रिकेटर यूवराज सिँहको लागि दिल्लीले खर्च गरेको १६ करोड हालसम्मकै महँगो रकम थियो ।

यस्तै अष्ट्रेलियाका तीब्र गतिका बलर झ्ये रिचर्डसनलाई पञ्जाब किङ्ग्सले १४ करोडमा किन्यो भने न्युजिल्याण्डका कायम जमिन्सनलाई १५ करोडमा रोयल च्यालेन्जर्स बैंग्लौरले किन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here