ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट

काठमाडौं, ७ फागुन । ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट दिने सम्झौता भएको छ ।

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड बाहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकले हाल देशका ७५ जिल्लामा रहेका २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here