हड्डी बलियो बनाउन कस्ता खानेकुरा खाने ? थाहापाइराखौं

काठमाडौं । हड्डीले हाम्रो शरीरलाई आकार दिने मात्रै नभई यसले हाम्रो भार थाम्ने गर्छ । हड्डी बलियो भएमा मात्रै हामी बलियो हुन्छौं ।

तर, आजभोली जंकफुडको सेवन गर्ने, शारीरिक व्यायामहरु नगर्ने जस्ता अस्वस्थ जीवशैलीले धेरै मानिसहरुलाई हड्डीको समस्या भएको पाइन्छ ।

खानपानमा ध्यान नदिनाले वा पर्याप्त मात्रामा पौष्टिक आहार नपुग्दा शरीरको हड्डीमा असर पर्छ । हड्डीलाई स्वस्थ र बलियो बनाउन आवश्यक मात्रामा सन्तुलित भोजन खानुपर्छ साथै शारीरिक व्यायामलाई पनि ध्यान दिनुपर्छ ।

शरीरलाई आवश्यक पर्ने विभिन्न प्रकारका भिटामिनयुक्त खानेकुराको सेवनले हाम्रो शरीरका हड्डीहरु बलियो हुनेगर्छ ।

आउनुहोस् जानीराखौं, हड्डी बलियो बनाउन के खाने ?

१. क्याल्सियम

क्याल्सियम हाम्रो शरीरमा सबैभन्दा धेरै पाईने तत्व हो । ९९ प्रतिशत क्याल्सियको संचय हड्डीमा हुने गर्छ । बाँकी १ प्रतिशत क्याल्सियम अन्य प्रयोजनको लागि उपयोग हुने गर्छ ।

एक स्वस्थ मानिसलाई दिनमा १ देखि २ हजार मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ । हरिया सागसब्जीमा धेरै मात्रामा क्याल्सियम पाईन्छ ।

यसबाहेक दूध, माछा, केरा, चक्लेट, बदाममा पनि धेरै मात्रामा क्याल्सियम पाईन्छ ।

२. भिटामिन डी

भिटामिन डी को कमी भएमा हाम्रो शरीरका हड्डीहरु कमजोर हुने गर्छ । सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो ।

सूर्यको किरण बाहेक अण्डा, माछा, कुखुराको मासुमा पनि प्रचुर मात्रामा भिटामिन डी पाईन्छ ।

३. पोटासियम

जो मानिसहरु धेरै मात्रामा पोटासियम जन्य खानेकुराहरु खाने गर्छन् उनीहरुको हड्डी बलियो हुने गर्छ ।

शखरखण्ड, बोक्रा सहितको आलु, दही र केरामा धेरै मात्रामा पोटासियम पाईन्छ ।

४. म्याग्नेसियम

पालुंगो, गोलभेडा, आलु, किसमिस, शखरखण्ड आदि खानेकुराहरु खाएमा हाम्रो हड्डी बलियो हुने गर्छ । किनकी यस्ता खानेकुराहरुमा धेरै मात्रामा म्याग्नेसियम पाईन्छ ।

५. प्रोटिन

शरीरिक विकास गर्ने महत्वपुर्ण तत्वको रुपमा प्रोटिन पनि एक हो । यसले हड्डीलाई बलियो बनाईराख्ने काम गर्छ । हड्डी बलियो बनाईराख्नका साथै अन्य कामहरुमा पनि प्रोटिनको प्रमुख भुमिका हुन्छ ।

६. भिटामिन सी र के

हाम्रो शरीरका हड्डीलाई बलियो बनाईराख्न भिटामिन सी र के को धेरै ठुलो महत्व हुने गर्छ । रातो खुर्सानी, हरियो खुर्सानी, सुन्तला, अंगुर, ब्रोकाउली, स्ट्रोबेरी, भुईकटार भिटामिन सी को राम्रो स्रोत हो ।

त्यस्तै सलगम, पालुंगो, तोरी, र मेथी भिटामिन के को राम्रो स्रोत हुन् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here