इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि, कुन गन्तव्यको कति ?

काठमाडौं, ७ फागुन । हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

संघका अनुसार सबैभन्दा बढी ७० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको छ। इवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।

संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं– पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ इन्धन चार्ज बढेको छ।

हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here