शनिवार उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने (सूचीसहित)

काठमाडौं, ८ फागुन । नेपाल विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बत्ती जाने क्षेत्रहरुमा लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रहरु रहेका छन् ।

पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बिजुली जाने भएको छ ।

पाटन फिडरअन्तर्गत पर्ने हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने भएको हो ।

त्यस्तै भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले दुई घण्टाका लागि बिजुली बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए।भी।एम। चोकलगायत क्षेत्रमा विद्युत मर्मतको काम हुँदै छ । त्यस क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

त्यस्तै काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस फिडरमा पर्ने क्षेत्रमा बत्ती जाने भएको छ । स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here