‘सकिएका प्रचण्डलाई ल्याएर जुरो-सिङ हाल्दिएँ, अब काँध हाल्न सकिन्‍न’

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन् ।

विराटनगरमा आफ्नो समूहको भेलामा ओलीले पार्टी फुटाएर गएका दाहाललाई ‘राम राम भन्न सकिने तर काँध हाल्न सकिन्‍न’ भन्दै टिप्पणी गरे । नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गर्दै प्रचण्डको कडा आलोचना गरे ।

उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’

प्रचण्ड खिइएर सकिन लागेको प्रधानमन्त्रीको तर्क थियो । प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले पनि बचाउन नसक्ने टिप्पणी गरे ।

‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here