काठमाडौं, १२ फागुन । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्।
उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्।
एक महिना अगाडि मात्र टेस्ला तथा स्पेस–एक्स कम्पनीमा मालिक मस्क अमेजन कम्पनीका मालिक जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाढ्य बनेका थिए।
तर एक महिना पछाडि नै बेजोस मस्कलाई उछिन्दै पुनः विश्वकै धनाढ्य बनेको बीबीसीले जनाएको छ। त्यसेबला टेस्ला कम्पनीको सेयर तीव्र गतिमा बढेपछि मस्कको सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पुगेको थियो।