महासंघ र श्रममन्त्रीबीच भेटवार्ता, निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने प्रतिवद्धता

काठमाडौं, १२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसंग भेट गरेको छ ।

समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मन्त्री चौधरीसंग भेटी सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

भेटमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको भन्दै महासंघले मन्त्री चौधरीको ध्यानाकर्षण गराएको छ ।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउंदा ठूलो समस्या भएको र अर्कोतिर विना कुनै शीप विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्ने बताएका छन् ।

मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here