एसियाकै पहिलो रेजिलिएन्स सम्मेलन नेपालमा, चार विधामा अवार्ड दिइने

काठमाडौं, १६ जेठ । नेपाल पर्यटनको आयोजनामा एशियाकै पहिलो रेजिलिएन्स सम्मेलन काठमाडौंमा हुने भएको छ ।

काठमाडौंको याक एण्ड यती होटलमा शुक्रबार सम्मेलन हुनेछ । सम्मेलनले नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न सघाउने लक्ष्य लिइएको छ ।

नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिल, युएनडब्लुटिओ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा को सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनले नेपालको पर्यटन क्षेत्रले २०७२ सालको विनाशकारी भूकम्पपश्चात गरेको नमूना प्रस्तुत गरी विश्वभरका पर्यटन क्षेत्रका हस्तीहरुको संजाल तथा ज्ञान, अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बताए ।

२०७२ सालको भुकम्पपछि पर्यटन क्षेत्रमा भएको पर्नस्थापना र विभिन्न समस्याहरुका बीच पनि पुर्नस्थापना गर्न सफल हुनुका रणनीतिहरुको बारेमा सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै पाटाका प्रमुख डार्मियो हार्डीले नेपाल र नेपाली राम्रा भएको कारण एक पटक आएको मान्छे दोस्रो, तेस्रो पटक अवश्य पनि आउने बताए ।

‘नेपालको मान्छे र खानेकुराहरु पनि राम्रो छ साथै पर्यटकिय स्थानको त कुरै नगरौं नेपालमा जस्तो राम्रो स्थानहरु अन्य देशमा कमै होलान्’ उनले भने ‘त्यसकारण एकपटक आएको मान्छे दोस्रो तेस्रो पटक अवश्य पनि आउँछन् ।’

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले भुकम्प पछि पर्यटन क्षेत्रमा भएको पुर्ननिर्माणको बारेमा जानकारी दिँदै सम्मेलनले पर्यटन व्यवसायीहरुलाई दिगो पर्यटन विकास तथा उत्थानशिलतामा प्रेरित गरेको बताए ।

सम्मेलनमा नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका विभिन्न संस्था र व्यक्तिहरुलाई चार विधामा अवार्ड दिने पनि कार्यक्रम रहेको छ ।

‘रेजिलिएन्ट टुरिजम कम्युनिटी अवार्ड’, ‘रेजिलिएन्स टुरिजम बिजनेश अवार्ड’, ‘चेन्जमेकर इन टुरिजम’ र ‘रेजिलिएन्ट इफोर्ट थ्रु कल्चरल डाइभरसिटी’ अवार्ड गरी चार विधामा अवार्ड दिइने छ ।

शुक्रबार साँझ ७ बजे अवार्ड वितरण गर्ने र ८ः३० मा नेपालले भुकम्प पछि गरेको पुर्ननिर्माणको भिडियो सार्वजनिक गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here