गोरखाको हरमटारीमा भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम

गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । नयाँ शोरुमकको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।

नेपालका लागि भेस्पा अप्रिलियका लागि आधिकारीक वितरक दुगड ग्रुप रहेकोमा सो स्थानमा भने कम्पनीको आधिकारीक वितरकको रुपमा निलभ अटो ट्रेडर्सले आधिकारिकता पाएको हो । यसका सञ्चालक निरोज कट्टेल हुन् ।

निलभ अटो ट्रेडर्सले गोरखामा रोयल इन्फिल्डको सोरुम समेत सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here