‘राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव छ’

काठमाडौं, १६ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन्।

उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले तीनवटै तहका सरकारले लगानीमैत्री वातावरण बनाए मुलुकको विकास सम्भव रहेको बताए।

“यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने होे भने विकास गर्न समय लाग्दैन,” ढकालले भने।

राज्यले लगानीको वातावरण बनाउन सक्यो भने त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सकिने उनको भनाइ छ।

निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यावसायिक मात्र भएको भन्ने सोचाइ परिवर्तन गर्नुपर्ने बताए।

वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्छ, उनले भने ।

मुलुक संघीयतामा गइसकेपछि नेपालमा पनि धेरै स्थानीय तहमा लगानीको लागि एक प्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरु गर्न सकिने बताए ।

नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीन तहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै उनले रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीय तहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here