सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ घट्दै प्रतितोला ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ८७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घट्यो । आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here