कोरोनापछि जुर्मुराएको मनकामना केबलकार, एकैदिन ४५०० ले गरे यात्रा

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाने मानिसको संख्या बढ्न थालेको छ । कोरोना संक्रमणको कारण करीब नौं महिनासम्म बन्द रहेको केलबकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो ।

पछिल्लो समय केबलकारमा यात्रा गर्ने मानिसको संख्या बढ्न थालेको हो । मनकामना दर्शन प्रा.लि. ले जनाए अनुसार शनिबार मात्रै ४५०० जनाले मनकामना केबलकारबाट यात्रा गरे ।

लकडाउनपछि मंसिर २८ गतेबाट सञ्चालनमा आएको केबलकार खुलेको डेढ खण्टामै १ हजारभन्दा धेरैले यात्रा गरेका थिए । मनकामना केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको नेपालको पहिलो केबलकार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here