प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा, यस्ता छन् सहमति

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् ।

तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव एउटै मञ्चमा देखिएका हुन् ।

बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति भएको थियो । सरकार र नेकपा नेत्रविप्लव चन्द विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकारले प्रतिबन्धबाट फुकुवा गर्न र नेकपाले शान्तिपूर्ण राजनीति गर्न सहमति जनाएका हुन् ।

यस्ता छन् सहमति

१) दुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ
२ नेकपाले आफ्ना सबै गतिविधि शान्तिपूर्वक गर्ने सहमति
३) नेपाल सरकारले नेकपामाथि प्रतिबन्ध फुकाउ गर्ने, कारागारमा रहेकाहरुलाई छुट गर्ने र सबै आरोपहरु खारेज गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here