‘सहमतिमा महान अकांक्षा लुकेको छ, हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ’

काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारसँग गरेको सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना लुकेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले यो सहमतिको पछाडि भित्र लुकेको महान अकांक्षा बताएका हुन् ।

उनले नेपाललाई सुन्दर देश बनाउने सपना छ । दिर्घ शान्ति स्थिरता । अहिलेसम्म पूरा नभएको समृद्धिको अकांक्ष रहेको बताए । उनले भने, ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्र होइन । यो सहमति पार्टीको कुरामात्र होइन ।

‘जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ। नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए।

नेपाली जनताको चाहाना पूरा भएको छैन’उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्। सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’

केही नेताको कुरा होइन । त्यस्तै ‘विप्लव’ले विदेशी वा अन्य कुनै प्रकारको हस्तक्षेप सह्य नहुने बताएका छन् । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ ।’ उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने बताए । जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए ।