नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् ।

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् ।

ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन ओलीले भने । ‘

शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए। ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छौँ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here