प्रधानमन्त्री ज्यू ! हतियार लुकाएर गरिएको सहमतिबाट कसरी भयो हिंसात्मक द्वन्द्व अन्त्य ?

काठमाडौं । शुक्रबार नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भयो ।

राष्ट्रिय सभागृहमा निकै तामझामका साथ आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले सहमति पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् । तर, उनको त्यो घोषणाले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको भने मान्न सकिदैन् ।

झण्डै तीन वर्ष प्रतिबन्धमा रहेको विप्लवले यस समयमा थुप्रै अप्रिय घटना पनि घटाए ।

शुक्रबार सार्वजनिक भएका विप्लवले आफ्ना हातहतियार भने सार्वजनिक गरेनन् । उल्टै सहमतिमा महान अकांक्षा लुकेको र हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ समेत बताए ।

यसरी हतियार लुकाएर गरिएको सहमतिबाट नेपालमा कसरी हिंसात्मक द्वन्द्व अन्त्य होला भन्ने प्रश्न उठेको छ । ‘विप्लव’ समूह खुला राजनीतिमा आएसँगै उक्त समूहसँग रहेका हातहतियारको खोजीबारे प्रश्न गर्न थालिएको छ।

विप्लव समूहसँग हातहतियार रहेको भए पनि ती हतियार कसरी व्यवस्थापन गर्ने भन्ने विषय सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न गरेको छ।

‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठेको थियो। पछि प्रचण्डले हतियार खोलाले बगाएको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here