मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने

काठमाडौं, २२ फागुन । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने भएको हो ।

सुन्दरीजलमा पानी आएपछि प्रधानमन्त्री केपी ओलीले त्यसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । शुक्रबारसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको छ ।

एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले आजसम्म पानी सुन्दरीजल आउने भएको हो ।

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो । हाल परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

यसैबीच, वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन आयोजनाले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । आयोजनाले सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आग्रह गरेको छ ।

सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो ।

गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here