प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोना खोप लगाएका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । योसँगै दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ ।

प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here