सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ८५ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन् । आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १२५० रुपैयाँ कायम भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here