नेपाल प्रतिभाशाली नागरिक बस्ने भूभाग हो : प्रधानमन्त्री

१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् ।

नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को शनिबार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण गर्न युवाको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउन स्काउटको भूमिका महत्वपूर्ण हुने समेत उल्लेख गरे ।

नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नु पर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here