फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

काठमाडौ, २४ फागुन । सुनको भाउ सोमबार सामान्य बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८५ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी सोमबार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । आइतबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज बढेर १२ हजार ३५ रुपैयाँ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here