‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै ओलीले पार्टीका नेता भीम रावललाई म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै जानुस् भन्दै व्यंङग गरेका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए। सोही अभिव्यक्तिको जवाफ दिँदै ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न भनेका हुन्।

‘अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे !’ ओलीले भने।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिनेगरी फैसला गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here