प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका एक नेताले जनाकारी दिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here