धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड

काठमाडौं २५ फागुन । । धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ ।

नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा मंगलबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेकपा ९माओवादी केन्द्र० एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि साइनबोर्ड परिवर्तन गर्न थालिएको छ ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गठन भएको थियो ।

तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here