यी हुन् पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा पेश हुने ७ वटा अध्यादेश

काठमाडौं, २६ फागुन । पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने कार्यसूची रहेको छ ।

यसअघि प्रतिनिधि सभा पुर्नस्थापना पछि आइतबार बसेको पहिलो बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here