सात महिनामा १ अर्ब ६६ करोडको सूर्तीजन्य पदार्थ आयात

जितेन्द्र खनाल

काठमाडौं, २७ फागुन । चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ) मा नेपालमा १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गएको सात महिनामा १ अर्ब ६६ करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थको आयात भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा भने चालू आर्थिक वर्षको सात महिनामा झण्डै २९ करोड रुपैयाँभन्दा कमको आयात भएको छ ।

विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयमा १ अर्ब ९५ करोड ३५ लाख ६८ हजार रुपैयाँ बराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थहरु आयात भएको थियो ।

६२ करोडको मात्रै निर्यात

चालू आर्थिक वर्षको सात महिनामा ६२ करोड रुपैयाँ बराबरको मात्रै सूर्तीजन्य पदार्थ निर्यात भएको छ । विभागको तथ्यांक अनुसार गएको सात महिनामा ६२ करोड ८१ लाख रुपैयाँ बरारबको सूर्तीजन्य पदार्थहरु निर्यात भएका छन् ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा झण्डै ६ करोड कम हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ६८ करोड ६७ लाख रुपैयाँ बराबरको सुर्ती तथा सूर्तीजन्य पदार्थहरु निर्यात भएको विभागको तथ्यांकले देखाउछ ।

नेपालमा विशेषगरी चुरोट, तयारी सूर्ती र गुट्खा लगायत उत्पादन धेरै मात्रामा सूर्तीको खपत हुने गरेको पाईन्छ ।

यस्तो छ पछिल्लो पाँच वर्षमा सूर्तीजन्य पदार्थ आयातको तथ्यांक (रुपैयाँमा)

२०७१/७२– २ अर्ब ३ करोड ७० लाख

२०७२/७३– २ अर्ब ७६ करोड ५० लाख

२०७३/७४– २ अर्ब ८० करोड ५० लाख

२०७४/७५– २ अर्ब ६४ करोड

२०७५/७६– २ अर्ब ३५ करोड ५० लाख

२०७६/७७– ३ अर्ब २८ करोड ४२ लाख

२०७७/ ७८ को सात महिनासम्म– १ अर्ब ६६ करोड रुपैयाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here