एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

काठमाडौं, २८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

अदालतले एमाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको नेताहरुले बताएका छन् ।

अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधानको प्रयास बैठकबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here