अलिबाबालाई एक अर्ब डलरको जरिबाना

काठमाडौं । ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबालाई चीनले ञ् अर्ब रुपैयाँ बराबरको जरिवाना गर्ने भएको छ ।

ई–कमर्स क्षेत्रमा एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा चीनले अलिबाबालाई झण्डै एक अर्ब डलर जरिबाना गर्न लागेको हो ।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिबाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिबाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो ।

चीनको सबैभन्दा ठूलो अनलाइन शपिङ पोर्टलका रूपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरूले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here