एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, २३ पूर्वमाओवादी नेता केन्द्रीय सदस्‍यमा मनोनित

काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो। त्यस्तै वैठकले रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेको छ ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको एक नेताले जानाकारी दिए ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here