विश्व अस्त्र व्यापारमा अमेरिकाको मात्रै ३७ प्रतिशत हिस्सा

काठमाडौं । विश्वभर हुने अस्त्रको व्यापारमा अमेरिकाको मात्रै ३७ प्रतिशत हिस्सा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

अहिले बजार हिस्सा बढाएको अमेरिकाले विभन्न ९६ देशमा आफूले उत्पादन गरेका अस्त्र पठाउदै आएको छ ।

यस्तै, फ्रान्सको ४४ र जर्मनीको २१ प्रतिशतले अस्त्र निर्यात बढेको छ । पछिल्लो समय रुस र चीनबाट हुने अस्त्रको निर्यात घटिरहेको समयमा अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन् ।

सन् २०२० मा कोरोना महामारी उत्कर्षमा पुगेको बेलामा समेत केही देशहरूले अस्त्र किन्ने ठूला सम्झौता गरेका विवरण सङ्कलन गरेको संस्था सीप्रीका वरिष्ठ अध्ययनकर्ता पिटर वेजेमनले बताएको बीबीसीमा उल्लेख छ ।

अस्त्र आयता गर्ने प्रमुख देशहरुमा भारत, अस्ट्रेलिया, पाकिस्तान, साउदी अरब आदी पर्छन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here