स्मार्टफोनमा पानी पर्यो ? ठिक गर्नको लागि अपनाउनुहोस् यी तरिका

काठमाडौं । स्मार्टफोन सुरक्षित राख्नको लागि हामी धेरै कुरामा ध्यान दिन्छौं । तर, कतिपय अवस्थामा हामीले ध्यान दिदाँपनि विभन्नि प्रकारको समस्या आउने गर्दछ ।

वर्षातको समयमा बाहिर निस्कदा वा घरमै भएको समयमा पनि स्मार्टफोनमा पानी परेको अवस्थामा स्मार्टफोनलाई कसरी ठिक गर्ने भन्ने बारेमा तपाईंलाई थाहा नहुन सक्छ ।

हुन् त पछिल्लो समय बजारमा वाटर प्रुफ फोनपनि प्रशस्तै पाइन्छ । तपाईंको फोन वाटरप्रुफ होइन र मोवाइलमा पानी परेर समस्या आएको छ भने यी कुरामा ध्यान दिनुहोस् ।

पानीमा परेपछि के नगर्ने ?

पानीमा खसेको फोनलाई निकालेसंगै फोन अन गर्नु हुँदैन । धेरै मानिसको बानी फोन अन गर्ने हुन्छ । यसले फोनलाई झनै खराब गर्छ ।

यसको अलवा फोनलाई चार्जमा पनि राख्नु हुँदैन् । यसको अलवा फोनलाई हेयर ड्रायरबाट सुकाउने कोशिस गर्नु पनि हुँदैन् । यसले फोनको पार्टसलाई खराब गर्ने गर्दछ ।

के गर्ने ?

पानीमा परेपछि पनि फोन अन भईराखेको छ भने सबैभन्दा पहिले फोनलाई अफ गर्नुहोस् । फोनमा रहेको सिम कार्ड, मेमोरी कार्डलाई निकाल्नुहोस् ।

तपाईको फोनको व्यट्रि निकाल्न मिल्ने खालको छ भने व्यट्रि पनि निकाल्नुहोस् । यदी व्यट्रि निकाल्न मिल्ने खालको छैन् भने मोवाइल पसमा गएर भएपनि व्यट्रि निकाल्नुहोस् ।

कपडाको सहयोयमा स्मार्टफोनमा रहेको पानीलाई सकेसम्म सुकाउनुहोस् । यसपछि फोनलाई चामलको बोरामा राख्नुहोस् । यो तरिकालाई निकै प्रयोग पनि गरिन्छ । कम्तीमा २४ घण्टा चामलको बोरामा राखेपछि धेरैजसको स्मार्टफोनहरु अन हुन्छन् ।

यदी तपाईको फोन यसो गर्दापनि अन भएन भने, व्यट्रिको वा अन्य कुनै समस्या भएको हुनसक्छ । यसको लागि जतिसक्यो छिटो मोवाइल स्वरुममा देखाउनुहोस् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here